मोबाइलमा पोर्न भिडियो हेर्नेको संख्या वार्षिक १ खर्ब ३६ अर्ब

स्मार्टफोन तथा फोर जी नेटवर्कका कारण मोबाइल फोनमा पोर्न भिडियो हेर्नेको संख्या चुलिएको पाइएको छ ।
एक अध्ययन अनुसार यो वर्ष सन् २०१५ मा स्मार्टफोनमा १ खर्ब ३६ अर्ब भन्दा बढि वटा पोर्न भिडियो हेरिनेछ भने सन् २०२० सम्ममा त्यो संख्या वाषिर्क १ अर्ब ९३ अर्ब पुग्ने अनुमान गरिएको छ ।
शोधकर्ताहरुले यो वर्षमात्र स्मार्टफोन प्रयोगकर्ताले एक वर्षभरमा औषतमा ३ सय ४८ वटा पोर्न भिडियो हेर्ने प्रक्षेपण गरेका छन् ।
बेलायतको ह्याम्पसाएरस्थित जुनिपर रिसर्च नाम संस्थाले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । ‘डिजिटल एडल्ट कन्टेन्ट मार्केट ट्रेण्डस्, फोरकास्ट एण्ड रेभेन्यू अपर्चुनिटिज् २०१५-२०२०’ नामक रिपोर्ट अनुसार अबको ५ वर्षमा समग्र रुपमा एडल्ट भिडियो हेर्ने संख्या ५५ प्रतिशतले बढ्नेछ ।
वर्तमानमा अमेरिका र युरोपमा यो संख्या तिब्र रुपमा बढिरहेको पाइएपनि भविष्यमा भने विकाशोन्मुख देशमा यो दर अत्यधिक बढ्ने अपेक्षा गरिएको छ ।
भर्चुअल रियालिटीका कारण पनि स्मार्टफोनमा अनलाइन पोर्न भिडियो हेर्ने दर बढ्दै जाने अनुमान रिपोर्टमा गरिएको छ ।
‘थ्री जी, फोर जी तथा वाइफाइका कारण भिडियोमा आधारित सेवाहरुको प्रकृतिमा फरकपना आएको छ, यसले उच्च गुणस्तरीय भिडियो अनलाइनमा स्टि्रमिङलाई सहज बनाइदिएको छ भने प्रयोगकर्ताका लागि प्राप्त गर्न समेत सजिलो भएको छ’, रिपोर्टमा भनिएको छ ।
स्मार्टफोनमा एडल्ट भिडियोको दर बढ्दै जाँदा एडल्ट टेक्स्िटङमा कमी आउने तर भारतीय उपमहाद्विपमा भने एडल्ट टेक्स्िटङको लोकपि्रयता कायमै रहने अनुमान रिपोर्टको रहेको छ । – एजेन्सीको सहयोगमा

Like Internet Khabar ( Don't Miss )

Blogger templates

Blogger news

Powered by Blogger.

Blog Archive

Blogroll

About