»
फेवातालमाथि केवलकार चलाउन नदिने कास्कीका सभासदहरुको घोषणा
फेवातालमाथि केवलकार चलाउन नदिने कास्कीका सभासदहरुको घोषणा
कास्कीबाट प्रतिनिधित्व गर्ने सबै सभासदले पोखराको फेवातालमाथि केवलकार
चलाउन नदिने घोषणा गरेका छन् ।
नागरिकस्तरीय बसुन्धरा पार्क बचाउ समितिले आइतबार पोखरामा आयोजना गरेको
छलफल कार्यक्रममा कास्कीका एघारै जना सभासदले बसुन्धरापार्कमा स्टेशन बनाएर
फेवातालमाथि केवलकार चलाउन नदिने घोषणा गरेका हुन् ।
सरकारले केवलकार सञ्चालनको अनुमतिसहित मनकामना दर्शन प्रालिलाई बसुन्धरा
पार्कको जग्गा भाडामा दिएपछि पर्यटन व्यवसायी, स्थानियवासी बसुन्धरा पार्क
बचाउ समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् ।
संसदको विकास समितिका सभापति एवम् कास्की क्षेत्र नम्बर ३ का सभासद
रविन्द्र अधिकारीले सार्वजनिक जग्गा हडप्ने गरी केवलकार सञ्चालन गर्न दिन
नसकिने

बताए । उनले भने-‘व्यक्तिको जग्गा भएपनि फेवालाई कुरुप र प्रदुषित
बनाउने गरी फेवाताल माथिबाट केवलकार सञ्चालन गर्न दिन सकिँदैन, त्यसमाथि
सार्वजनिक जग्गाबाट त झन् असम्भव छ ।’
कास्की क्षेत्र नम्बर १ का सभासद यज्ञवहादुर थापाले केवलकारको नाममा
बसुन्धरापार्क हडप्न खोजेको आरोप लगाए । वातावरणीय, कानुनी, प्राकृतिक र
पर्यटकीय कुनैपनि हिसाबले बसुन्धरापार्कमा केवलकारको स्टेशन राख्न उपयुक्त
नभएको भन्दै उनले भने-‘सुनियोजित तरिकाले केवलकार बनाउने कुरा आएको छ,
सानोतिनो प्रयासले रोक्न गाह्रो छ त्यसैले यसलाई कसैले पनि नजरअन्दाज नगरौं
।’
पोखरेलीको साथमा कास्कीका सबै सभासद लागेपछि कसैले पनि केवलकार निर्माण
गर्न नसक्ने उनले ठोकुवा गरे । उनले जानेर वा नजानेर पेवातालमाथि केवलकार
गुडाउने सपना नदेख्न चेतावनी दिएका छन् ।
कास्की क्षेत्र नम्बर २ का सभासद शारदा पौडेलले अन्य ठाउँमा जहाँसुकै
केवलकार बनाएपनि सार्वजनिक जग्गा बसुन्धरा पार्कबाट केवलकार बनाउन नदिने
दृढता व्यक्त गरिन् । उनले सार्वजनिक जग्गा व्यक्तिलाई दिएर केवलकार खोल्ने
प्रयास भए आन्दोलन गर्ने चेतावनी दिइन् ।
क्षेत्र नम्बर ४ का सभासद सिता गिरी ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न
केवलकार सञ्चालनको अनुमति दिइएको भन्दै खारेज गर्न माग गरिन् ।
समानुपातिक सभासद वृन्दा राना, जीवन परियार, चुडामणी जंगली, तुलवहादुर
गुरुङ, सभासद तेजकुमारी पौडेल, डि.वि. नेपाली र कुमार खड्काले फेवातालमाथि
हुँदै केवलकार सञ्चालन गर्दा नहुने बताएका छन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले
बसुन्धरापार्कलाई हरियाली पार्ककै रुपमा विकास गर्नुपर्ने बताउँदै केवलकार
निर्माण गर्न नहुने पर्यटन व्यवसायीहरुको पहलमा समर्थन रहेको बताए ।
बसुन्धरापार्कको जग्गा दाता रमेशबहादुर भट्टराइले पनि जुन कामका लागि जग्गा
अधिग्रहण गरिएको हो, त्यो कामका लागि प्रयोग नहुने हो भने आफूहरुको जग्गा
फिर्ता गर्नुपर्ने माग गरेका छन्
Like Internet Khabar ( Don't Miss )