संसारकै लाजमर्दो फुटवल खेलः ३ खेलमा शुन्यका विरुद्ध ११४ गोल
ओलम्पिकका लागी भएको छनौट खेलका क्रममा माइक्रोनेशियाले तीन म्याचमै ३० भन्दा बढी गोल खायो । माइक्रोनेशियाले पहिलो खेल ताहितीसँग ३० शून्य अन्तरले हार्यो भने फिजीसँगको दोश्रो खेलमा ३८ गोल खाएर ३८ शून्यको अन्तरले पराजित भयो ।
लाजमर्दोको पराकाष्ठामा पुगेको पराजयको श्रृंखला त्यतिमै रोकिएन भानुआटूसँग माइक्रोनेशिया ४६ गोल खायो र ४६ शून्यको पराजय भोग्यो । भानुआटूका लागि जीन कालटाक नामका खेलाडीले एक्लै १६ गोल गरे ।
यो हार अहिले सम्म संसारकै सबभन्दा ठूलो पराजय हो तर यसलाई फिफाले मान्यता दिने नदिने प्रष्ट छैन । यद्यपी माइक्रोनेशिया फिफाको अपिलिएटेडको सदस्य हो ।
Like Internet Khabar ( Don't Miss )

