विद्यालयभित्रै शिक्षकद्धारा छात्रा बलात्कृत, स्थानीय आक्रोशित
मकवानपुरमा एक बालिका बलात्कारको शिकार भएको खुलेको छ ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ स्थित सेती गणेश माविका शिक्षक दिनेश सुवेदीले केही दिनअघि सोही विद्यालयमा अध्ययनरत ९ वर्षीया छात्रालाई विद्यालयभित्रै बलात्कार गरेको खुल्न आएको छ ।
घटना ३–४ दिन अगाडिको भएपछि बुधबार मात्र सार्वजनिक भएपछि गाउँलेले शिक्षक सुवेदीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
उक्त घटना विद्यालय प्रशासनलाई थाहा भएपनि दबाउन खोजेको आरोप स्थानस्यको छ । शिक्षक दिनेश सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Like Internet Khabar ( Don't Miss )

